१. एमाले अवरोधका बीच प्रतिनिधि सभाबाट ४ अध्यादेश स्वीकृत, बैठक पुस १८ गतेसम्मका लागि स्थगित, एमसीसीको समर्थन गर्ने वुद्धिजीवी ‘नयाँ गोर्खा पल्टन’ भएको प्रेम सुवालको आरोप । (एमाले अवरोधका बीच ४ अध्यादेश स्वीकृत)
२. नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा स्वदेशी तथा विदेशी पाहुनालाई नबोलाउने, १५ सय प्रतिनिधि सहभागी हुने, राष्ट्रिय सम्मेलनको लोगोमै प्रचण्डको तस्बिर । (राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी)
३. आगामी वैशाख २० भित्र सबै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग, स्थानीय सरकार रिक्त रहन नहुने र अवधि थप गर्ने व्यवस्था नभएको उल्लेख । (निर्वाचन आयोगको तयारी)
४. इजरायलमा पहिलोपटक कोभिड–१९ को चौथो डोज खोप लगाउने तयारी, स्वास्थ्यकर्मी र ६० वर्ष माथि उमेरकालाई बुस्टर डोज खोप लगाउन विशेषज्ञको सुझाव । (कोभिडविरुद्ध इजरायलमा चौथो डोज खोपको तयारी)
५. र, ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न क्यानका ६ जना बोर्ड सदस्यको आग्रह, खेलाडीले आफ्नो गल्ती स्वीकारे कारबाहीलाई कम गर्ने क्यानको तयारी । (६ क्रिकेटर माथिको कारबाही फिर्ता लिन दबाब)