१. अदालत परिसरमा आन्दोलन नगर्न सर्वोच्च अदालतको निर्देशन, अझ सशक्त आन्दोलन गर्ने बारको प्रतिक्रिया, मुद्दाको सुनुवाइमा फर्कने कोसिस नगर्न प्रधानन्यायाधीशलाई चेतावनी । (प्रधानन्यायाधीशलाई बारको चेतावनी)
२. भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीनबुँदे सहमति, फागुन मसान्तसम्म लगत संकलन गर्नेदेखि बाँदरझुलामा विद्युतीकरणका लागि निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन पत्राचार गरिने । (सरकार र बाँदरझुला संघर्ष समितिबीच सहमति)
३. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाए न्याय सेवा आयोगको बैठक, वरिष्ठ न्यायाधीश सहभागी नहुने, कानुनमन्त्री र महान्यायाधिवक्ता उपस्थित नभए बैठक बस्दै नबसी स्थगित हुने सम्भावना । ( प्रधानन्यायाधीशले बोलाए बैठक)
४. संसारका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने, मस्कले अरू सबैको उदारताको फाइदा लिन रोक्नुपर्ने डेमोक्र्याटिक सांसद एलिजाबेथको धारणा । (इलोनले ११ अर्ब डलर कर तिर्ने)
५. र, सरकारद्वारा साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली नगदसहित सम्मानित, खेलाडीलाई जनही ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान। (खेलाडीलाई सरकारको सम्मान)