१. युगसापेक्ष वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड, त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरेर समाधान गरिने शिक्षामन्त्री पौडेलको दाबी । (त्रिविको दीक्षान्त समारोहमा प्रधानमन्त्री)
२. प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित, सरकारले एमालेसँग वार्ता नै गर्न नचाहेको एमालेको दाबी । ( राष्ट्रिय सभाको बैठक स्थगित)
३. प्रदेश नेतृत्व सर्वसम्मत चयन हुन नसकेपछि निर्वाचन गर्न माओवादी केन्द्रको निर्देशन, बागमती प्रदेशमा अध्यक्षसहित ९ पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु । (निर्वाचनबाट नेतृत्व चुन्दै माओवादी)
४. उत्तर कोरियामा ११ दिनसम्म नागरिकलाई हास्न र किनमेलमा लगाइयो प्रतिबन्ध, किम जोङ उनका बुवा, किम जोङ इलको १०औं पुण्यतिथिको अवसरमा ११ दिनसम्म शोकको घोषणा । (उत्तर कोरियामा हास्न र किनमेलमा प्रतिबन्ध)
५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबविरुद्ध विभागीय टिम एपीएफको सानदार जित, फ्रेन्ड्स ३–१ गोल अन्तरले पराजित, जारी लिगमा एपीएफको पहिलो जित। (एपीएफको पहिलो जित)