१. नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज राति ९ बजेसम्म मतदान हुने, आजै मतगणना सुरू गरिने। (आजै मतगणना सुरू गरिने)
२. शिक्षकलाई राजनीतिक दलको प्रतिनिधि भएर मतदानमा सहभागी हुन सर्वोच्चको रोक, कानुनले राजनीतिमा भाग लिन रोक लगाएकाले प्रथम दृष्टिमै कानुनको व्यवस्थाविपरीत भएको ठहर । (मतदानमा सहभागी हुन सर्वोच्चको रोक)
३. रोकिएन सेयर बजारको पहिरो, सोमबार ७९.२३ अंकले घटेर २२८२ विन्दुमा झर्यो, पुँजी बजारको समस्या समाधान गर्ने अर्थमन्त्रीको दाबी, हल्लाका भरमा घटबढ हुन नहुने प्रतिक्रिया । (रोकिएन सेयर बजारको पहिरो)
४. बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको संख्या बढ्न थालेपछि आपतकाल घोषणा, ओमिक्रोनको ‘छाल र ज्वारभाटा’ आउनसक्ने भन्दै समयमै सतर्कता अपनाउन सर्वसाधारणलाई प्रधानमन्त्री जोनसनको आग्रह । ( बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा)