१. नेपाली कांग्रेसको १४औं महाधिवेशनका प्रतिस्पर्धीको अन्तिम नामावली प्रकाशन, १३४ पदका लागि ४८५ उम्मेदवार चुनावी मैदानमा, सभापति चयन दोस्रो चरणमा पुग्ने निधिको दाबी। (कांग्रेस उम्मेदवारको अन्तिम नामावली प्रकाशन)
२. एमालेले पूर्णता दियो स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी, व्यक्ति हत्याको आरोपमा दोषी ठहर भएका बालकृष्ण ढुङ्गेलदेखि दुर्गा प्रसाईंसम्म समेटिए, पदाधिकारीको वरियता पनि निर्धारण। (एमालेमा स्थायी कमिटी र पोलिटब्यूरो गठन)
३. माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा तीन जनाको दाबी कायमै, लुम्बिनीमा शर्मा र पुन अडानमा, दुबैले अध्यक्ष पद छोड्न नमानेमा सुर्दशन बराल अध्यक्ष हुन सक्ने। (सर्वसम्मतको प्रयास असफल)
४. अमेरिकाका ६ वटा राज्यमा शुक्रबार राति आएको आँधीबेहरीका कारण कम्तीमा ८३ जनाको मृत्यु, मृतकको संख्या सय नाघ्न सक्ने, कन्टकीमा संकटकाल घोषणा । ( अमेरिकामा आँधी : ठूलो जनधनको क्षति)
५. र, सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा, अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोलीमा ३ नयाँ अनुहार समेटिए । (राष्ट्रिय भलिबल महिला टोलीको घोषणा)