१. कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक भोलि केन्द्रीय कार्यालय सानेपामा बस्ने, देउवापक्षले टुङ्ग्याउन सकेन पदाधिकारीका उम्मेदवार, पौडेलपक्ष पनि छलफलमै । ( कांग्रेसमा पदाधिकारीका उम्मेदवार छान्ने रस्साकस्सी)
२. निर्माण कम्पनीको क्षमता बढाएर सार्वजनिक कम्पनी बनाउनुपर्नेमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको जोड, पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको पुँजीगत बजेट खर्च गर्न नसक्ने तर्क । (सहरी विकासमन्त्री झाँक्रीको तर्क)
३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा पीसीएल नर्सिङ पढाउने १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन, विद्यार्थीले बुझाएको भर्ना प्रक्रियाको शुल्क फिर्ता हुने । ( १५ कलेजमा पीसीएल नर्सिङको भर्ना रोकियो)
४. भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु, दुर्घटनाको कारण पत्ता लगाउन भारतीय वायु सेनाले दियो जाँचको आदेश । (भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटना)
५. र, ए डिभिजन लिगमा ५३ सेकेन्डमै लिएको अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा बराबरीमा रोकियो, अपराजित पुलिसको यो दोस्रो बराबरी, बराबरीपछि ३ खेलबाट ५ अंक । (बराबरीमा रोकियो हिमालयन शेर्पा)