१. नेपालमा पनि दुई विदेशी नागरिकमा देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन', बैतडीमा भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने । (नेपालमा पनि देखियो ओमिक्रोन)
२. कांग्रेसको प्रदेश सभापतिमा संस्थापनपक्षकै वर्चस्व, छ प्रदेशमध्ये गण्डकी र लुम्बिनीबाहेकमा संस्थापनपक्षको जित, ५६ प्रतिशत मतसहित सभापतिमा विजयी हुने देउवापक्षको प्रक्षेपण । (कांग्रेस प्रदेश सभापतिमा संस्थापनकै वर्चस्व)
३. गत साताबाट लगातार ओरालो लागेको सेयर बजारमा सुधार, ३२ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको कारोबार, मेरो माइक्रोफाइनान्सको कारोबारमा सकारात्मक सर्किट । (३२ अंकले बढ्यो नेप्से)
४. म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले सुनायो चार वर्षको जेल सजाय, मानिसहरुलाई भड्काएको र प्राकृतिक विपत्ति कानुनअनुसार कोभिड-१९ नियम तोडेको आरोप । (सुकीलाई चार वर्षको जेल सजाय)
५. र, युथ एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा जुम्लाका प्रकाश र राममायालाई स्वर्ण, प्रकाशले ९ मिनेट २२.७ सेकेण्ड र रामायाले १० मिनेट ४४.५ सेकेण्डमा निर्धारित दूरी पूरा । (प्रकाश र राममायालाई स्वर्ण)