१. राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली अभियान अघि बढाउने लिङ्देनको प्रतिक्रिया, पूर्वराजा ज्ञानेन्द्र शाहको नाङ्गो हस्तक्षेप भएको थापाको आरोप । (राप्रपाको अध्यक्षमा लिङ्देन विजयी)
२. कांग्रेसको प्रदेश अधिवेशनमा सुदूरपश्चिम र कर्णालीमा संस्थापन पक्षको जित, गण्डकीको जितले पौडेलपक्षलाई ‘ठूलो राहत’, लुम्बिनी र प्रदेश १ मा मतगणना जारी, बागमतीमा पुनः मतदान । (गण्डकीको जितले पौडेलपक्षलाई राहत)
३. मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तारको तयारीमा बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे, मन्त्रालयको संख्या ८ बाट १४ पुर्याइयो, गठबन्धन दलको आवश्यकता अनुसार विस्तार गरिने उल्लेख । ( मन्त्रिपरिषद् विस्तार गर्दै बागमतीका मुख्यमन्त्री)
४. भारतको उत्तरपूर्वी राज्य नागाल्यान्डमा गएराति भएको सैन्य कारबाहीमा १३ नागरिकको मृत्यु, खानीमा काम गर्ने स्थानीयहरू कामबाट फर्किरहेका बेला भूलवश गोली चलाएको उल्लेख । (भारतमा सैन्य कारबाहीमा १३ नागरिकको मृत्यु)
५. र, यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई, सुदूरपश्चिम प्रदेश ११३ रनले पराजित, सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले लिए सर्वाधिक ५ विकेट । ( लुम्बिनी प्रदेशलाई उपाधि)