१) सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय, राणाले एकल इजलासको गोला तान्न नपाउने, वेञ्च सेयर गर्ने न्यायाधीशलाई बहिष्कार गर्ने बारको चेतावनी । (राणाले एकल इजलासको गोला तान्न नपाउने)
२) एमाले महाधिवेशन : भारत, बंगलादेश, श्रीलंकाबाट नेता आउने, चीनले पठायो भिडियो सन्देश, महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि र १०३ जना पर्यवेक्षक रहने । (केन्द्रमा एमाले महाधिवेशन)
३) नकुन्नी र निर्मलाको न्यायका लागि आन्दोलित समूहले थाल्यो माइतीघरमा पुनः अनशन, घटनामा उचित छानबिन नभएको भन्दै बिहीबारदेखि १४ जनाको अनशन सुरु । (माइतीघरमा पुनः अनशन)
४) स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घन्टामै दिइन् राजीनामा, अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोसिस गर्ने म्याग्डलेना यान्डरसनको प्रतिक्रिया । (प्रधानमन्त्री नियुक्त भएको केही घन्टामै राजीनामा)
५) र, आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित, कुवेतले दिएको लक्ष्य ३.३ ओभरमै पूरा, नेपालले अब शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्ने । ( नेपालको लगातार दोस्रो जित)