१) सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने, भोलि फुलकोर्ट बस्ने, फुलकोर्टमा प्रधानन्यायाधीश राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने । (गोलाप्रथा लागू हुने मिति तोकियो)
२) एमालेका महाधिवेशन प्रतिनिधिले परिचय पत्र र झोला आफू बस्ने होटलमै पाउने, प्रतिनिधिहरुलाई तीनदिन मात्रै व्यवस्थापन गरिने, सौराहमा ३५ सय कोठाहरु प्रतिनिधिका लागि छुट्टाइयो । ( महाधिवेशनको तयारीमा एमाले)
३) पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे पुनर्विचार गर्ने प्रधानमन्त्री देउवाको आश्वासन, मूल्यवृद्धि फिर्ता नलिए देशैभर कडा आन्दोलन गर्न बाध्य हुने संयुक्त विद्यार्थी संगठको चेतावनी । ( संयुक्त विद्यार्थी संगठनलाई देउवाको आश्वासन)
४) अमेरिकी राष्ट्रपति जो बाइडेनले लोकतन्त्रबारे सम्मेलन गर्ने, ११० देशलाई बोलाउँदा चीन र रुसलाई दिएनन् निम्ता, ताइवानले पनि यस सम्मेलनमा भाग लिने । ( बाइडेनले लोकतन्त्रबारे सम्मेलन गर्ने)
५) र, यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीको विजयी सुरूआत, प्रकाश जैशीको घातक बलिङ, जैशीले लिए ५ विकेट, लुम्बिनी प्रदेश १४० रनले पराजित । (कर्णालीको विजयी सुरूआत)