१) प्राध्यापक, शिक्षक र कर्मचारी दलको पदाधिकारी भए हटाउने निर्वाचन आयोगको चेतावनी, राजनीतिक दल सम्बन्धी ऐनमै स्पष्ट व्यवस्था रहेकाले सदस्यता वितरण नगर्न/नगराउन राजनीतिक दलहरुलाई निर्देशन । (निर्वाचन आयोगको दलहरुलाई निर्देशन)
२) अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरि नसकेको एमाले अध्यक्ष ओलीको प्रतिक्रिया, आफूलाई चुनौती दिनेलाई सम्मान र स्वागत गर्ने उल्लेख, प्रचण्डलाई झापामा महाधिवेशन गर्न सुझाव । (अध्यक्षको उम्मेद्वारीबारे ओलीको प्रतिक्रिया)
३) प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने, जबरामाथि तत्काल महाभियोग लगाउन ८ पेसागत संस्था र बृहत नागरिक आन्दोलनको आग्रह । ( प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आग्रह)
४) वायु प्रदूषणका कारण विश्वमा वर्षेनी ७० लाख मानिसको मृत्यु, विश्वका सयमध्ये ९४ प्रदूषित सहर चीन, भारत र पाकिस्तानमा मात्रै, भारतमा मात्रै ४६ प्रदूषित सहर । (वायु प्रदूषणको असर)
५) र, फिफाद्वारा वर्ष खेलाडी २०२१ को मनोनयन सार्वजनिक, पुरूषतर्फ अघिल्लो वर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी, महिलातर्फ १३ खेलाडी मनोनयनमा । (फिफा ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक)