१) पतञ्जली नेपालले सञ्चालनमा ल्याउने ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ टिभि इजाजत पत्र नै नलिई सञ्चालनको तयारीमा, गैरकानुनी टेलिभिजन सञ्चालनको विषयमा छानबिन गर्न समिति गठन । ( पतञ्जलीको गैरकानुनी टेलिभिजनबारे छानबिन हुने)
२) नेकपा एमालेका उपाध्यक्ष भीम रावलले घोषणा गरे अध्यक्षमा उम्मेदवारी, अध्यक्षकाे उम्मेदवारीलाई सहज रुपमा लिन र आफूप्रति सद्भाव राख्न ओलीलाई आग्रह । ( एमाले अध्यक्षमा रावलको उम्मेदवारी)
३) राजपत्रमा सूचना प्रकाशित नभएपछि सर्वोच्मा गोलाप्रथा कार्यान्वयन भएन, न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम नरोकिने बार अध्यक्षको दाबी, राजीनामाको अडान कायमै । (गोलाप्रथा कार्यान्वयन भएन)
४) युरोपमा कोभिड–१९ सङ्क्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागू गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा आपत्कालीन अवस्थाको घोषणा । (युरोपमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाविरुद्ध प्रदर्शन)
५) र, ‘ए’ डिभिजन लिगमा एपीएफ क्लबमाथि ब्रिगेड ब्वाइज क्लबको ३–२ गोल अन्तरको रोमाञ्चक जित, दिनेशको दुई गोल, जितसँगै ब्रिगेडले जोड्यो ३ अंक । (एपीएफमाथि ब्रिगेड ब्वाइजको जित)