१) पाँच दल होइन, अरु १० वटा आए पनि एमालेलाई फरक नपर्ने एमाले अध्यक्ष ओलीको तर्क, अब एमाले फोहोरविनाको स्वच्छ बनेको उल्लेख । (ओलीको तर्क)
२) चितवनमा हुने १०औं महाधिवेशनको उद्घाटन सत्रमा आतिथ्यताका लागि एमालेले दियो विभिन्न दलहरूलाई निम्तो, एमालेबाटै विभाजित भएर गठन भएको एकीकृत समाजवादीलाई भने निमन्त्रणा नगरिने । (दलहरुलाई एमालेको निम्तो)
३) नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'सँग माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड'द्वारा सहकार्यको प्रस्ताव, सहकार्य गर्दै जाने तर तत्काल एकताको सम्भावना नरहेको विप्लवको जवाफ । ( 'विप्लव'लाई प्रचण्डको प्रस्ताव)
४) अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतीय अधिकार पाउने पहिलो महिला, ५७ वर्षीया ह्यारिसले करिब ८५ मिनेट राष्ट्रपतीय अधिकार सम्हालेको उल्लेख । ( कमलाले पाइन् अमेरिकी राष्ट्रपतिको अधिकार)
५) र, सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अग्रता जोगाउन नसक्दा संकटा बराबरीमा रोकियो, हिमालयनसँग १–१ गोलको बराबरीमा रोकिएपछि दुवै टोलीले १/१ अंक बाँडे । (संकटा बराबरीमा रोकियो)