१) न्यायालय बन्द गर्न पाइँदैन भन्दै सर्वोच्च परिसरमा ‘काउन्टर’ प्रदर्शन, प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन भएपछि बिचौलिया र मण्डलेहरू बाइक लिएर आएको बार अध्यक्षको प्रतिक्रिया । (सर्वोच्च परिसरमा ‘काउन्टर’ प्रदर्शन)
२) कांग्रेसको आसन्न महाधिवेशनमा सात जना नेताहरूले संयोजन गर्ने, मंसिर २४ गते महाधिवेशनको उद्घाटन गरेर २५ गते नै मतदान गर्ने तयारी । (महाधिवेशनको तयारीमा कांग्रेस)
३) मुस्ताङको कोबाङमा भीषण हिमपहिरो, भागदौडका क्रममा स्थानीय विद्यालयका एक शिक्षकसहित ९ जना घाइते, हिमपहिरोमा चरनका लागि लगिएका चौंरीलगायत जीवजन्तु परेको हुनसक्ने अनुमान । (मुस्ताङमा हिमपहिरो)
४) कोप २६ : ग्लास्गोमा गरिएको नयाँ जलवायु सम्झौता पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा कममा राख्न अपुग, कोइलाको प्रयोग कम गर्ने विषयमा सहमति । (कोइला सम्बन्धी पहिलो जलवायु सहमति)
५) र, राष्ट्रिय खेलकुद परिषदका ९ जना बोर्ड सदस्यलाई सरकारले सोध्यो स्पष्टीकरण, खेलकुदको विकास र विस्तारमा उदासिन देखिएको आरोप, परिषद्को हितमा योगदान पुर्याउन नसकेको दाबी । (सरकारले सोध्यो स्पष्टीकरण)