१) छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरी मनाइयो, भोलि उदाउँदो सूर्यलाई अर्घ दिइने, राष्ट्रपति भण्डारीद्वारा गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना (छठको रौनक)
२) पार्टीको खातामा कम्तिमा एक सय रुपैयाँ जम्मा गर्न सदस्यहरूलाई एमालेको अपिल, एमाले सुनसरीको जिल्ला कमिटी बैठकमा माइक खोसाखोस, पार्टी कमिटी २०७५ जेठ २ मा फर्किने विषयमा विवाद (महाधिवेशनको तयारीमा एमाले)
३) नेपाली कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको टुंगो लगायो, रौतहटको क्रियाशील सदस्यता सूची प्रकाशित तर, रौतहटका नेता कार्यकर्ताको केन्द्रीय कार्यालयमा धर्ना जारी (कांग्रेसमा टुंगियो सदस्यता विवाद)
४) भारतको तामिलनाडु राज्यमा भारी वर्षासँगै आएको बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु, वर्षाका कारण ५३८ वटा घरमा क्षति, प्रकोप व्यवस्थापन मन्त्री रामचन्द्रनद्वारा दुःख व्यक्त (तामिलनाडुमा भारी वर्षा)
५) र, आईसीसी वुमन्स टी२० विश्वकप एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले जित्यो सिरिज, बिकेएसपी २-१ ले पराजित, सरिता मगर १३ र कविता जोशी १४ रनमा अविजित (नेपालले जित्यो टी२० सिरिज)