१) बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे र तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ, बागमती प्रदेशमा आधा–आधा कार्यकालको सहमति नभएको पाण्डेको प्रतिक्रिया। (बागमतीमा नयाँ सरकार)
२) १२ देखि १८ वर्षका बालबालिकालाई लगाउने एक करोड डोज खोप बुक भइसकेको स्वास्थ्यमन्त्री विरोध खतिवडाको भनाइ, फाइजर र मोडर्ना खोप १५ दिनभित्र आइपुग्ने दाबी। (एक करोड डोज खोप बुक)
३) सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलेको दुई दिनमै बन्द, अनलाइन आवेदन प्रणालीमा प्रविधिक समस्या देखिएको विभागको भनाइ, आवेदनका लागि कुरिरहेकाहरु समस्यामा। (लाइसेन्सको अनलाइन आवेदन बन्द)
४) लोकतन्त्र र समुद्री स्वतन्त्रताको रक्षाका लागि दक्षिण एशियाली देशका साथ उभिने अमेरिकी राष्ट्रपति जो वाइडेनको घोषणा, ताइवानमाथि चीनको कारबाही शान्तिका निम्ति खतरा भएको तर्क। (अमेरिकाको घोषणा)
५) र, पाकिस्तानसँग हारेपछि भारतमा मुस्लिमविरुद्ध आक्रोश, देशद्रोहको मुद्दादेखि जागिरबाट निकाल्नेसम्मका घटना, खेलाडी मोहम्मद सामीलाई ‘धोकेवाज’, ‘गद्दार’ जस्ता आरोप लगाउँदै भारत छोडेर पाकिस्तान जान चेतावनी। (भारतमा धार्मिक हिंसाको जोखिम)