१) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुको विकल्प नभएको सर्वोच्च अदालतका न्यायाधीशहरूको निष्कर्ष, सुनुवाइ प्रभावित भएकोप्रति नेपाल बारले माग्यो माफी, शुद्धीकरणमा सहयोग गर्न अपिल। ( न्यायाधीशहरु राजीनामाको मागमै अडिग)
२) बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्न बिहीबार ३ बजेसम्मको समय, गठबन्धनले अघि सारेका राजेन्द्र पाण्डे भोलि मुख्यमन्त्री नियुक्त हुने, भोलि नै शपथको तयारी । (बागमतीमा पनि ढल्यो एमाले सरकार)
३) मंसिर १ देखि नयाँ महसुल दर लागू हुँदै, २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली, विद्युतीय सवारी चलाउनेलाई घरायसी खपतमा प्रयोग हुने बिजुली सस्तो बनाएको प्राधिकरणको दाबी । (सस्तिदै विद्युत महसुल)
४) पृथ्वीको आकाशगंगा भन्दा बाहिर एउटा ग्रह फेला परेको संकेत, शनिग्रह आकारको सम्भावित ग्रह मेसीअर ५१ नामक आकाशगंगा, मिल्कीवेबाट २.८ करोड प्रकाश वर्ष टाढा । (नयाँ ग्रह फेला परेको संकेत)
५) र, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको एन्फासँग थप तीन वर्षको नयाँ सम्झौता, नेपाल फर्किन सहयोग गरेकोमा कतार फुटबल संघलाई अल्मुताइरीले दिए धन्यवाद । ( फर्किए अल्मुताइरी)