१) देशभरका वडामा एमालेको अधिवेशन सुरू, अध्यक्ष ओलीले गरे भर्चुअल उद्घाटन, पाँच दलीय गठबन्धन प्रतिगामी भएको ओलीको आरोप, विस्तारै प्रणाली कमजोर पार्ने काम भइरहेको दाबी । (एमालेमा महाधिवेशनको सरगर्मी)
२) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको नेपाल बार एसोसियसनको प्रष्टीकरण, पूर्वन्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैंले सोच्नुपर्ने प्रतिक्रिया । (बार एसोसियसनको प्रष्टीकरण)
३) बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा, विमानस्थलको सबै उपकरणको जाँच सकिन बाँकी । (विराटनगर विमानस्थल सञ्चालनमा)
४) भारतको हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका १२ पदयात्रीको मृत्यु, दुई जना घाइतेलाई बाहिर निकालियो, अन्य दुई जना अझै बेपत्ता । (भारतमा १२ पदयात्रीको मृत्यु)
५) र, उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कन्काई नगरपालिकाको लगातार दोस्रो जित, महालक्ष्मी नगरपालिकालाई १९–० गोल अन्तरले पराजित । (कन्काईको दोस्रो जित)