१) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकै कारण न्यायालयको स्वतन्त्रता संकटमा परेको पूर्वन्यायाधीशहरुको दाबी, स्वयं निकास नदिए महाअभियोग प्रस्ताव अघि बढाउन संसद्लाई अपिल । (प्रधानन्यायाधीशलाई महाअभियोको अपिल)
२) प्रहरी, सशस्त्र र अनुसन्धान विभागमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्री खाँणको निर्देशन, अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न नमिल्ने, सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने । (गृहमन्त्रीको निर्देशन)
३) धनुषा खानेपानी कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यव हार गरेको आरोपमा १७ जनाविरूद्ध मुद्दा दर्ता, अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने । (जनमत पार्टीका कार्यकर्ताविरुद्ध मुद्दा दर्ता)
४) चीनले आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने राष्ट्रपति जो बाइडेनको धारणा, बाइडनको वक्तव्यले चीनसँगको अडानमा परिवर्तन नहुने ताइवानको प्रतिक्रिया । (चीनलाई अमेरिकाको चेतावनी)
५) र, नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियाले सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने, एक वर्षका लागि च्यासल युथ क्लबमा अनुबन्ध, १० नम्बरको जर्सी लगाउने । ( विकासले ‘ए’ डिभिजन खेल्ने)