१) बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव, पाण्डेपछि इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने, विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकियो, अर्को बैठक कात्तिक १० गते । (अल्पमतमा शाक्य नेतृत्वको सरकार)
२) अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेर १ सय १ जनाको मृत्यु, ४० घाइते, ४१ जना बेपत्ता । (वर्षाले निम्त्यायो विपत्ति)
३) सीके राउतको जनमत पार्टीको अराजकता : खानेपानी संस्थानका प्रमुखलाई हिलो दलेर अर्थनग्न बनाइ बजार घुमाइयो, प्रदेश २ सरकारको नेतृत्व भ्रष्टाचारमा डुबेको आरोप । (सीके राउतको पार्टीको अराजकता)
४) नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा, सञ्चालनमा ल्याउन लागिएको ‘ट्रुथ सोसियल’ठूला सामाजिक सञ्जालहरूको अत्याचारविरुद्ध उभिने दाबी । (नयाँ सामाजिक सञ्जाल ल्याउने ट्रम्पको घोषणा)
५) र, आफ्नै खर्चमा कुस्ती खेलाडी च्याम्पियनसिप खेल्न नर्वे पुगेको खुलासा, ११० केजीमा राज यादव र ६१ केजीमा भागवत साहलाई पैसा नदिएका कारण प्रतियोगितामा समावेश गराइएन । (खेलाडीसँग उठाइयो खर्च)