१) दशैंलगत्तै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको तयारी, तीन दलबीचको सहमतिमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार बन्ने। (कर्णालीमा सरकार फेरिँदै)
२) वरीयतामा पछि रहेकाको ‘पावर’ले आठ महिनादेखि रोकियो सशस्त्रमा एसपीको बढुवा, कायम मुकायम मुकरर गर्दा अन्य बढुवा जस्तो सिनियर मिच्न नपाइने नियमावली बन्यो मुख्य कारण। (सशस्त्रमा रोकियो एसपीको बढुवा)
३) दशैं बिदापछिको सेयरबजार पहिलो दिनमै दोहोरो अंकले बढ्यो, १७.५९ अंकले बढेर २६५६.९७ विन्दुमा उक्लियो, एक अर्ब ४९ करोड ७३ लाख रुपैयाँ बराबर बढीको कारोबार। (बढ्यो बजार)
४) भारतको केरलामा भारी वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित, १८ जनाको मृत्यु, २० जना बढी बेपत्ता, कतिपय स्थानमा भीषण पहिरो। (केरलामा बाढी)
५) र, आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु, पहिलो चरण अन्तर्गतका दुई खेल हुँदै, पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने। (टी-ट्वान्टी विश्वकप सुरु)