१) खोप नहुँदा बालबालिकाहरू कोरोनाको तेस्रो लहरमा बढी जोखिममा पर्ने विज्ञहरुको विश्लेषण, बालबालिकाले जनस्वास्थ्यको मापदण्ड आफैं पूर्ण पालना गर्न नसक्ने हुँदा चाडपर्वले कोभिड संक्रमणको जोखिम। (जोखिममा बालबालिका)
२) निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैंको व्यापार भ्याइनभ्याइ भइरहँदा नेपाल वायुसेवा निगमको व्यापार भने सुस्त, निजी एयरलाइन्सको दशैंका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ। (नेपाल एयरलाइन्स रमिते मात्रै)
३) देशैभर ‘एक घर, एक धारो’ कार्यक्रमले व्यापकता, तर म्याग्दीमा १०३ घर परिवारलाई एउटै मात्र धारो, एक गाग्री पानी भर्न एक घण्टा लाइनमा बस्नु पर्ने बाध्यता। (पानीको सास्ती)
४) प्यान्डोरा पेपर्समा परेका चिलीका राष्ट्रपतिमाथि महाभियोग प्रस्ताव पेस, भ्रष्टाचार र कर सम्बन्धी आरोप लाग्न सक्ने, कैयौं नेता अनुसन्धानमा तानिए। ( चिलीका राष्ट्रपतिमाथि महाभियोग प्रस्ताव)
५) र, साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणा, यसअघि नै राजीनामा दिएको भन्दै भारतसँगको खेल नै अन्तिम भएको उल्लेख। (अल्मुताइरीको घोषणा)