१) मुगु बस दुर्घटना : मृतक ३२ मध्ये २४ जनाको सनाखत, चालकतर्फको टायर पञ्चर भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान। (मुगु बस दुर्घटना अपडेट)
२) मौलिक चाडपर्वले राष्ट्रिय एकताको भावनालाई थप बलियो र विकसित बनाउने प्रधानमन्त्री देउवाको भनाइ, दशैं नेपाली समाजको एकताको मौलिक पहिचान भएको उल्लेख। (प्रधानमन्त्रीको शुभकामना)
३) संसद् सञ्चालनका लागि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)सँग छलफलको लागि तयार रहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउन आग्रह। (सभामुखको आग्रह)
४) सरकारको आलोचनापछि 'गायव' चिनियाँ अर्बपति व्यापारी ज्याक मा महिनौंपछि हङकङमा देखिए, केही कारोबारी र सहयोगीसँग खानपानको समयमा भेट गरेको खबर सार्वजनिक। (हङकङमा देखिए ज्याक मा)
५) र, युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएद्वारा सन् २०२८ को युरोकप फुटबलको आयोजकको दरखास्त आह्वान, २०२२ को मार्च २३ सम्म दाबी पेस गर्ने समयसीमा। (यूईएफएको आह्वान)