१) मुगुमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु, १८ जना घाइते, क्षमताभन्दा बढी यात्रु राखेको सवारीसाधनमा नचढ्न ट्राफिक प्रहरीको आग्रह । (मुगुमा बस दुर्घटना)
२) सरकारले संयमता गुमाउँदा मोतिपुरमा ४ जनाको ज्यान गएको राष्ट्रिय जनमोर्चाको भनाइ, ओली सरकारका कारण अहिले सुकुम्वासीले ज्यान गुमाएको सत्तारुढ तीन दलका विद्यार्थी संगठनको आरोप । (जनमोर्चाको ध्यानाकर्षण)
३) इजरायल रोजगारीमा जना छानिए १ हजार १७५ जना कामदार, छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्ट गलत आएमा इजरायल जान नपाउने । (कामदार छनोट)
४) अमेरिकी विरोधका बावजुद् उत्तर कोरियाली सेनालाई 'शक्तिशाली’ बनाउने उत्तर कोरियाली शासक किमको घोषणा, छिमेकी मुलुक दक्षिण कोरियासँग युद्ध नचाहेको प्रतिक्रिया । ( किमको घोषणा)
५) र, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस, वर्तमान कप्तान ज्ञानेन्द्र र क्रिकेट संघका सदस्य छुम्बीले क्रिकेट एकेडेमी खोल्दै, सबै उमेर समूहका लागि होस्टेल र एकेडेमी सञ्चालन गरिने । (क्रिकेट एकेडेमी सुरु हुँदै)