१) सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ठगी आरोपमा पक्राउ परेका १२ जनालाई हिरासत राख्न अदालतले दियो अनुमति, अनुसन्धानका लागि ५ दिन थुनामा राखिने । (हिरासतमा राख्न अनुमति)
२) कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा पूर्वगृहमन्त्री बादल र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता, जाहेरी सनाखत हुने काम सकिएको र प्रतिवेदन तयार पारेर सर्वोच्च अदालतमा पठाइने । (पूर्वगृहमन्त्री र पूर्वआईजीपीविरुद्ध जाहेरी दर्ता)
३) कुनै पत्र र जानकारीसमेत नदिएर अख्तियारले छापा मार्नु संस्थामाथिको आक्रमण भएको प्रदेश २ का मुख्यमन्त्री राउतको टिप्पणी, अनियमितता गरेको भनेर सरकारलाई बदनाम गराइएको तर्क । ( अनियमितताको बचाउमा मुख्यमन्त्री )
४) अन्तरिक्षमा फिल्म छायांकन गर्नेमा पहिलो बन्यो रुस, ५ अक्टोबरमा आईएसएसमा पुग्यो फिल्मको टोली, अमेरिकी कलाकार टम क्रुज र नासा पनि चलचित्र छायाङ्कन गर्ने योजनामा । ( अन्तरिक्षमा चलचित्र छायांकन)
५) र, भैरहवा ग्लाडियसर्ट एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश, काठमाडौं किंग्स–११, १६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । (भैरहवा क्वालिफायरमा प्रवेश )