१) एमाले विधान महाधिवेशन : दोस्रो दिन प्रस्तुत भए तीन प्रतिवेदन र ५ समूहको छलफलको रिपोर्टिङ, आइतबार बिहान ८ बजे महाधिवेशनको पूर्ण सत्र हुने। (एमाले विधान महाधिवेशन जारी)
२) माओवादीले दिएको लाइसेन्स बादलले एमालेमा बिक्री गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप, एमालेले माओवादीका युवालाई भौतिक आक्रमण गर्ने योजना बनाएको दाबी। (बादलप्रति प्रचण्डको आक्रोश)
३) पूर्वगृहमन्त्री थापा र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता गर्न महान्यायाधीवक्ता कार्यालयले लेख्यो पत्र, पत्र बुझेमा त्यसको सात दिनभित्र जाहेरी दर्ता गरि अनुसन्धान सुरू गर्नुपर्ने। (जाहेरी दर्ता गर्न महान्यायाधीवक्ता कार्यालयको पत्र )
४) आफ्नो क्षेत्रमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो अतिक्रमण गरेको ताइवानको दाबी, ३८ वटा लडाकु विमानले हवाइ क्षेत्रमा दुईपटक उडन भरेको ताइवानले दियो जानकारी। (ताइवानमा चीनको अहिलेसम्मकै ठूलो अतिक्रमण)
५) र, एभरेष्ट प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिताबाट एक खेलअघि नै बाहिरियो विराटनगर वारियर्स, पोखरा राइनोजसँग ७ विकेटले पराजित, विराटनगरले अन्तिम खेल आइतबार काठमाडौंसँग खेल्ने। (ईपीएल : विराटनगर लिग चरणबाटै बाहिरियो)