१) नेकपा एमालेको विधान महाधिवेशन सुरु, एमालेको नभइ एकीकृत पार्टीको विधान अधिवेशन भएको अध्यक्ष ओलीको तर्क, पार्टीलाई घेराबन्दी गर्ने नयाँ श्रृङ्खला सुरु भएको दाबी। (एमालेको विधान महाधिवेशन सुरु)
२) लामो समयदेखि सँगै रहेका नेताहरुको अभाव खड्किदैन भन्नु उद्दण्डता भएको एमाले उपमहासचिव घनश्याम भुसालको प्रतिक्रिया, पार्टी सुदृढीकरणका लागि विधान महाधिवेशन 'माइलस्टोन’ हुने सचिव प्रदीप ज्ञवालीको दाबी । (ओलीको अभिव्यक्तिप्रति भुसालको टिप्पणी)
३) चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा खारेज गर्ने सर्वोच्चको फैसाला, अदालतको अवहेलना आरोपको दाबी नपुगेको ठहर, बोलेकै आधारमा अवहेलना नहुने । (अदालतको अवहेलनामा पूर्वप्रधानन्यायाधीशलाई सफाइ)
४) उत्तर कोरियाद्वारा फेरि नयाँ एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण, परीक्षणबाट अस्थिरता र असुरक्षालाई लिएर धेरै आशंका उत्पन्न भएको अमेरिकी विदेश मन्त्रीको प्रतिक्रिया । (उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण)
५) र, दक्षिण एसियाली राष्ट्रबीच हुने साफ च्याम्पियनसिप आजदेखि सुरु, प्रतियोगितामा पाँच देश सहभागी, पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै नेपाल । (साफ च्याम्पियनसिप आजदेखि सुरु)