१) नेकपा (एमाले)को आसन्न विधान महाधिवेशनको तयारी स्वरुप बसेको स्थायी कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस, ओलीको राजनीतिक प्रतिवेदनमा १० नेताको फरक मत, सचिवालय राखिनु ‘खतरनाक’। (राजनीतिक प्रतिवेदनमा १० नेताको फरक मत)
२) माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत् चयन गर्ने, वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नै नेतृत्व आउने। (माओवादीले वडादेखि निर्वाचनबाट नेतृत्व चयन गर्ने)
३) नेकपा (एमाले)का अध्यक्ष ओलीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतको अस्वीकार, निर्वाचन आयोगदेखि संसद्सम्मका सक्कल फाइल मगाउन आदेश। (ओलीको मुद्दामा जारी भएन अन्तरिम आदेश)
४) रूसमा राष्ट्रपति भ्लादमिर पुटिनको युनाइटेड रसिया पार्टीलाई संसदीय चुनावमा बहुमत, गत चुनावको भन्दा पार्टीको समर्थनमा कमी, चुनावमा धाँधली भएको आरोप। (रूसमा पुटिनको पार्टीले जित्यो चुनाव)
५) र, एएफसी महिला एसियन कप-२०२२ छनोटको समूह चरणबाटै बाहिरियो नेपाल, हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोटमा २ खेलमा १ अंक। (समूह चरणबाटै बाहिरियो नेपाल)