काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रतिनिधि सभाबाट बजेट पारित, अब चालु आर्थिक वर्षका लागि प्रस्तुत बजेट कार्यान्वयनमा आउने निश्चित, अझै केही दिन खर्च गर्न भने नपाइने । (प्रतिनिधि सभाबाट बजेट पारित)
२) संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या घटनामा नयाँ ट्वीस्ट, योजनाकार नै अर्कै व्यक्ति, ५ जनाको पूर्वयोजनामा हत्या । (संखुवासभा हत्याकाण्डमा नयाँ ट्वीस्ट)
३) लगातार ओरालो लागेको सेयरबजारमा आज पनि उच्च गिरावट, एकै दिन ११४ अंकले घट्दा २६ सय विन्दुमा ओर्लियो नेप्से, सातवटा कम्पनीको कारोबारमा नकारात्मक सर्किट । (सेयर बजारमा उच्च गिरावट)
४) रुसको एक विश्वविद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु, अन्य ६ जना घाइते, आक्रमणकारी त्यही विद्यालयकै विद्यार्थी भएको उल्लेख । (रुसको एउटा विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार)
५) र, ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा पहिलो, पाँचमध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गरिने । ( विश्व बक्सिङ च्याम्पियनसिपको छनोट सकियो)