काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) संविधानमा सबै नागरिकको पहुँच हुनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, विधिको शासनका लागि संवैधानिक सर्वोच्चता जरुरी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा । (संविधान दिवसको शुभकामना)
२) समस्या संविधानमा नभई कार्यान्वय गर्ने व्यक्तिमा हुनसक्ने नेकपा एमालेका अध्यक्ष ओलीको प्रतिक्रिया, ओलीविरुद्ध ‘परमादेश’ दिने र मुद्दा लगाउनेले तक्मा पाएको सुवास नेम्वाङको दाबी । (एमालेका अध्यक्ष ओलीको प्रतिक्रिया)
३) एमाले स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरुमाथि छलफल प्रारम्भ, आवश्यक सुझावको आधारमा परिमार्जनपछि ८ र ९ गतेको केन्द्रीय कमिटी बैठकमा पेस हुने । ( एमाले विधान महाधिवेशनमा केन्द्रित)
४) अस्ट्रेलिया र अमेरिकाले झुट बोलेको हालै भएको सुरक्षा सम्झौताप्रति असन्तुष्ट फ्रान्सको आरोप, ती देशहरूले ‘दोहोरो चरित्र देखाएको, विश्वास तोडेको र आफूहरूको मानमर्दन गरेको’ दाबी । (फ्रान्सका विदेश मन्त्रीको आरोप)
५) र, इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटका बाँकी खेल आजबाट सुरु, अब ३१ खेल बाँकी, पहिलो खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै । (आईपीएलका बाँकी खेल सुरु)