काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) आजबाट 'बजेट होलिडे' अर्थात् सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने अवस्था सिर्जना, महत्त्वपूर्ण ११ अध्यादेश निष्क्रिय, बलात्कारमा मिलापत्र गराउनेदेखि एसिड आक्रमणसम्मका कारबाहीमा कानुनी जटिलता । ( आजबाट 'बजेट होलिडे' )
२) एमालेलाई माधव नेपालको आवश्यकता रहेकाले पार्टीमा फर्केर आउन अष्टलक्ष्मी शाक्यको आग्रह, ओलीको प्रश्न– के आवश्यकता छ, फेरि फुटाउन ? (एमालेमा नेपालको आवश्यकता छ भन्नेलाई ओलीको प्रश्न)
३) पछिल्लो २४ घण्टामा देशभर एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ संक्रमितको मृत्यु, कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो । (एक हजार ५११ जनामा कोरोना संक्रमण)
४) १२ पान्डुबी खरिद सम्झौता रद्द भएपछि अमेरिका र अस्ट्रेलियाले 'ढाडमा छुरा घोपे’को फ्रान्सको प्रतिक्रिया, फ्रान्स र अस्ट्रेलियाबीच विश्वासको सम्बन्ध टुटेको उल्लेख । (पान्डुबी खरिद सम्झौता रद्द भएपछि फ्रान्स रुष्ट)
५) र, कुशल मल्लको विकेट लिएपछि चर्को स्वरमा चिच्याएको भन्दै अमेरिकी कप्तान नेत्रवाल्करमाथि आईसीसीको कारबाही, नेपालविरुद्धको खेलमा आईसीसी आचारसंहिताको लेभल–१ को उल्लंघन गरेको आरोप । (अमेरिकी कप्तान नेत्रवाल्करमाथि कारबाही)