काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) भदौ ३० गतेभित्र बजेट पारित नगरेर संसद् बैठक सारेकोप्रति सरकारसँग एमालेको जवाफ माग, समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसद् चलाउने काम भइरहेको दाबी । ( सरकारसँग एमालेको जवाफ माग )
२) भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ हजार ३१५ केन्द्रमा सञ्चालित परीक्षा असोज ८ गतेसम्म चल्ने, देशभरबाट तीन लाख ७४ हजार परीक्षार्थी । ( कक्षा १२ को परीक्षा आजदेखि सुरु )
३) नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलोपटक नेपाल आइपुग्यो, अन्य ४ कम्पनी समेत कार्गो ढुवानीमा इच्छुक । ( वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल )
४) अफगानिस्तानमा तालिबानका वरिष्ठ नेताहरुबीच सरकार गठनको विषयलाई लिएर ‘विवाद’ उत्पन्न, जितको श्रेय लिने विषयको विवादले अन्तरिम सरकारमा ‘
विभाजन’, उपप्रधानमन्त्री बरादरले ‘छाडे’ काबुल । ( तालिबानको अन्तरिम सरकारमा ‘विभाजन’ )
५) र, एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने, च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ६ टिमको सहभागिता रहने । (एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० बाट )