काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित, एमालेको अनुपस्थितिबारे सभामुखको ब्रिफिङ– एकघण्टा प्रयास गर्दा पनि ओलीसँग फोन सम्पर्क हुन सकेन । ( सर्वदलीय बैठकमा एमाले अनुपस्थित )
२) रसायनिक मलको मूल्य धेरै बढेकोले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने कृषि मन्त्रालयको भनाइ, अक्टोबरसम्म ७० हजार मेट्रिक्टन रासायनिक मल आइसक्ने । ( बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने )
३) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलक्षित सहुलियत पसल असोज १ गतेदेखि चलाउने, दैनिक उपभोग्य वस्तुमा २० प्रतिशतसम्म छुट । ( सहुलियत पसल असोज १ गतेदेखि )
४) अफगानिस्तानमा तालिबानद्वारा छात्राका लागि नयाँ नियमको घोषणा, पोसाकसम्बन्धी नयाँ नियम लागु गरिने, महिला र पुरुषले सँगै बसेर पढ्न नपाउने । ( तालिबानद्वारा छात्राका लागि नयाँ नियमको घोषणा )
५) र, आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्दै, जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ ग¥यो । ( नेपालले अमेरिकासँग खेल्दै )