१) नेकपा (एमाले)को विधान महाधिवेशनको मिति सर्यो, नयाँ मिति असोज १५ देखि १७ गतेसम्म तोकियो, प्रतिनिधि परिषद्मा रहने सदस्यहरु पनि टुंग्याइयो। (एमालेको विधान महाधिवेशन सर्यो)
२) अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता, संसद्बाट शीघ्र अनुमोदन गर्न आग्रह, एमसीसी अघि बढाइयो भने देउवा आन्दोलनको भूमरीमा पर्ने विप्लव नेतृत्वको नेकपाको चेतावनी। (अर्थमन्त्री र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता)
३) संखुवासभामा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको घटनाका एक आरोपी पक्राउ, व्यक्तिगत रिसीबीका कारण हत्या गरेको पक्राउ परेका आरोपीको स्वीकार। (संखुवासभा हत्याकाण्डका एक आरोपी पक्राउ)
४) अफगानिस्तानमा तालिबानले प्रदर्शनकारीमाथि दमन गर्दा चार जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको दाबी, तालिबानद्वारा पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या। (अफगानिस्तानका पूर्वउपराष्ट्रपतिका भाइको हत्या)
५) र, करिब दुई साताको अन्तर्राष्ट्रिय ब्रेकपछि इंग्लिस प्रिमियर लिगको चौथो राउण्ड आजदेखि पुनः सुरु हुँदै, अमेरिकी राष्ट्रका खेलाडीलाई पनि खेल्न दिने निर्णय। (प्रिमियर लिगः चौथो राउण्ड सुरु)