१) सरकारले प्रतिस्थापन विधेयकमार्फत् चालु आर्थिक वर्षको बजेट १४ अर्ब ७४ करोड घटायो, क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने घोषणा (प्रतिस्थापान विधेयक पेस)
२) एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट, नेपालको संसदले एमसीसी सम्झौता अनुमोदन गर्ने या चाहिँदैन भन्ने बेला आएको प्रतिक्रिया (एमसीसी पास गराउन सक्रिय)
३) नेकपा एमालेद्वारा शुक्रबार पनि संघीय संसद्मा विरोध जारी, विरोधकैबीच सभामुख अग्निप्रसाद सापकोटाद्वारा संसद्का नियमित कामकारबाही सञ्चालन, संसद्मा प्रतिपक्षको विरोध केही दिन लम्बिने संकेत (संसद्मा रस्साकस्सी)
४) अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच सात महिनापछि पहिलोपटक टेलिफोनमा संवाद, व्यापार, जासुसी र महामारीजस्तो विषयलाई लिएर अमेरिका र चीनबीच तनाव जारी (सात महिनापछि अमेरिका-चीन संवाद)
५) र, फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले गर्यो बोलिभियामाथि ३-० को जित दर्ता, कप्तान लियोनल मेसीको ह्याट्रिकबाट जितपछि ८ खेलबाट १८ अंकसहित अर्जेन्टिना दोस्रो स्थानमा (मेस्सीको ह्याट्रिक)