काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रतिनिधि सभाको तेस्रो बैठक : एमाले सांसद्हरुको होहल्ला बीच गृहमन्त्रीले प्रस्तुत गरे दल सम्बन्धी अध्यादेश, बैठक भदौ २५ गते सम्मका लागि स्थगित । ( होहल्लाबीच गृहमन्त्रीद्वारा दल सम्बन्धी अध्यादेश प्रस्तुत )
२) एमसीसीका विषयमा पार्टीको धारणा प्रष्ट हुनुपर्ने एमाले सांसदहरूको माग, संसदीय दलको बैठकमा ओलीले भने– एमसीसीका विषयमा अध्ययन गरौं, त्यसपछि धारणा बनाउँला । ( एमाले सांसदहरूको माग )
३) मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशमा विस्तार गरिन् मन्त्रिपरिषद्, ६ मन्त्री र ४ राज्यमन्त्रीसहित थपिए १० जना, मन्त्रिपरिषद्को संख्या १२ पुग्यो । ( बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार )
४) अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि तालिबानद्वारा सरकार घोषणा, मुल्लाह मोहम्मद हसन अखुन्द नयाँ प्रधानमन्त्री, नयाँ सरकारसँग सम्बन्ध कायम राख्ने चीनको निर्णय । ( तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा )
५) र, चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगको खेलतालिका सार्वजनिक, पहिलो खेलमा काठमाडौं र ललितपुर भिड्ने, क्यानडाका रायन पठानले विराटनगरबाट ईपीएल खेल्ने । ( ईपीएलको खेलतालिका सार्वजनिक )