१) संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति भण्डारी समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय, भदौ २३ गते अपराह्न ४ बजेका लागि अधिवेशन बोलाउन सिफारिस। (संसद् अधिवेशन आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय)
२) एमसीसीका सन्दर्भमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड’ मौन रहेको भन्दै ओलीको आक्रोश, एमसीसी झुक्याएर पास गर्न खोजेका होलान् भन्दै शंका व्यक्त। (एमसीसीबारे ओलीको आक्रोश)
३) परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघलाई सोध्यो स्पष्टीकरण, प्रतिनिधि चयनका लागि भएका निर्वाचनमा देखिएको कमजोरी र धाँधलीका बारेमा ५ दिनभित्र जवाफ पठाउन निर्देशन। (परराष्ट्रले सोध्यो एनआरएनएलाई स्पष्टीकरण)
४) पन्जशिर उपत्यकामाथि विजयको खुसीमा तालिबानद्वारा अफगानिस्तानको केन्द्रीय राजधानी काबुलमा हवाई फायर, गोली लागेर १७ जनाको मृत्यु, ४१ जना घाइते। (विजयको खुसीमा तालिबानद्वारा काबुलमा हवाई फायर)
५) र, श्रीलंका तीव्र गतिका बलर धाम्मिका प्रसादले भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्ने, दोस्रो विदेशी खेलाडीको रुपमा भैरहवामा भित्रिए, विकेटकिपर दीनेश चान्डिमल अन्तर्राष्ट्रिय खेलको कारण नआउने पक्का। (श्रीलंकाका बलर धाम्मिकाले भैरहवाबाट ईपीएल खेल्ने)