१) विभाजनलाई ओलीले गरे भाँडो, कपाल र पातसँग तुलना : पार्टी चोइटिएको तर्क, चोइटिँदैमा पकाउन र खान खाँचो नहुने टिप्पणी, विभाजनतिर लागेका नेताहरुलाई कुलंघारको संज्ञा। (विभाजनतिर लागेका नेताहरुलाई कुलंघारको संज्ञा)
२) भ्रष्टाचार विरोधी एमाले अध्यक्ष ओलीको अभिव्यक्ति देखाउनका लागि राखिने 'लेभल' जस्तो मात्रै भएको प्रचण्डको आरोप, ओली भयंकर प्रतिगमनका नायकको रुपमा देखापरेको टिप्पणी। (ओलीप्रति प्रचण्डको टिप्पणी)
३) नेपाली कांग्रेसका सभापति देउवासँगको भेटपछि पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने वरिष्ठ नेता पौडेलपक्षको निष्कर्ष, सिंगो पार्टीपंक्तिलाई एकजुट भएर अघि बढ्न आह्वान। (महाधिवेशनको वातावरण बनेको पौडेलपक्षको निष्कर्ष)
४) अफगानिस्तान विमानस्थलमा विस्फोट गराउने इस्लामिक स्टेट समूहविरूद्ध अमेरिकाको ड्रोन आक्रमण, 'आईएस-के समूहका योजनाकार'को मृत्यु, विमानस्थलको प्रमुख क्षेत्रभन्दा परै बस्न अमेरिकी अधिकारीको चेतावनी। (अमेरिकी सेनाद्वारा अफगानिस्तानमा ड्रोन हमला)
५) र, क्रिस्टियानो रोनाल्डोलाई क्लबमा फर्काएको म्यानचेस्टर युनाइटेडले इडिन्सन काभानीलाई नबेच्ने, काभानी युनाइटेडसँग प्रशिक्षणमा फर्किए, आइतबार उल्भ्सको लागि खेल्ने सम्भावना। (युनाइटेडले काभानी नबेच्ने)