काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले गरे मन्त्रिपरिषद् विस्तार, माधव नेपाल छाडेका एमालेका प्रदेश सभा सदस्यद्वय बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्रीको जिम्मेवारी । (ओलीप्रति नेपालको संकेत)
२) नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ५० लाख नाघ्यो, पूर्ण खोप लगाउनेको संख्या ४० लाख ५२ हजार ७६५, शुक्रबार २ हजार ६५ कोरोना संक्रमित थपिए (खोप लगाउनेको संख्या ५० लाख)
३) आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनका सभापतिमा उम्मेदवारी दिन लागेको उपसभापति विमेलेन्द्र निधिको दाबी, निर्वाचनलाई केन्द्रीत गरेर बानेश्वर बैंक्वेटमा बनाए सम्पर्क कार्यालय (निधिको सक्रियता बढ्यो)
४) काबुल विमानस्थलमा भएको बम विस्फोटमा तालिबानका कम्तिमा २८ सदस्यको मृत्यु, ९० जना मारिएकोमा १३ अमेरिकी सैनिक, १ सय ४० भन्दा बढी घाइते (काबुल विमानस्थलमा विष्फोट)
५) र, जोर्गिन्होलाई यूईएफए ‘प्लेयर अफ दि इयर’ उपाधि, चेल्सीकै टुचेल बने सर्वोत्कृष्ट प्रशिक्षक (जोर्गिन्हो प्लेयर अफ दि इयर)