काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) माधव नेपालको पार्टीमा साविक एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदको सनाखत, जसपाका १४ सांसद र १७ कार्यकारिणी सदस्य लोकतान्त्रिक समाजवादी पार्टीमा । ( नयाँ दुई पार्टीका लागि आयोगमा सनाखत )
२) नेपाल पक्षको चन्द्रागिरिमा बसेको बैठकलाई एमाले अध्यक्ष ओलीले लगाए अपहरणकारी कामको संज्ञा, नेपालले घर–घरबाट मान्छे टिपेर रिसोर्टमा थुनेको आरोप । ( नेपालमाथि खनिए ओली )
३) संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई पूर्वप्रधानन्यायाधीशहरुले गराए सचेत, दलका नेताको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त । ( दलका नेताहरुलाई पूर्वप्रधानन्यायाधीशहरुले गराए सचेत )
४) पढेलेखेका अफगानीलाई उद्धारका नाममा अमेरिकाले लैजाने काम बन्द गर्नुपर्ने तालिबानी प्रवक्ता जैबिउल्लाह मुजाहिदको भनाइ, ३१ अगस्टपछि कुनै पनि उद्धारको काम नहुने स्पष्टोक्ति । ( तालिबानी प्रवक्ता जैबिउल्लाह मुजाहिदको स्पष्टोक्ति )
५) र, एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि हुने, हरेक टोलीले ३ विदेशी खेलाडी राख्न पाउने, आयोजना लिग च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहने । ( एनभीए क्लब भलिबल च्याम्पियनसिप असोजमा )