१) पछिल्लो पाँच सातामा थप ४८ लाखले लगाए कोरोना खोप, खोप लगाउनेको संख्या ८५ लाख २० हजार नाघ्यो, दुवै डोज लगाउनेको संख्या १३ प्रतिशत। (पाँच सातामा ४८ लाखले लगाए खोप)
२) माधव नेपाललाई धोका नदिएको बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको भनाइ, दुवै नेताको समर्थनमा मुख्यमन्त्री बनेको उल्लेख, पार्टी एकताको पक्षमा रहेको स्पष्टोक्ति। (अष्टलक्ष्मी शाक्यको स्पष्टोक्ति)
३) पछिल्लो २४ घण्टामा थपिए दुई हजार ७५ कोरोना संक्रमित, संक्रमणबाट ३० जनाको मृत्यु, दुई हजार ३८२ जना कोरोना संक्रमणमुक्त। (थपिए दुई हजार ७५ कोरोना संक्रमित)
४) तालिबानद्वारा काबुलको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट १५० जनाभन्दा बढी नागरिक अपहरण, आफूहरुको शासनलाई स्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल, अफगानी जनताको इच्छालाई सम्मान गर्न आग्रह। (तालिबानद्वारा १५० जनाभन्दा बढी नागरिक अपहरण)
५) र, आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा, ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिम। (त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा)