१) राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेसँगै एकै दिन दुई दल निर्वाचन आयोगमा दर्ता, माधवकुमार नेपालपक्षको नयाँ पार्टी ‘एमाले समाजवादी’, महन्थ ठाकुरले दर्ता गरे जसपा लोकतान्त्रिक। (एकै दिन दुई दल दर्ता)
२) एमाले समाजवादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपालपक्षका १४ स्थायी कमिटी सदस्यहरूमध्ये दुई जनाबाहेक सबै नयाँ पार्टी गठनको विपक्षमा। (नयाँ दल गठनको विपक्षमा नेपालपक्षका नेता)
३) नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम, डोरमणि पौडेलले दलको नेताबाट दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै, माधव नेपालको साथ छाड्ने निश्चित। (बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम)
४) तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको प्रवक्ता जबिहुल्लाह मुजाहिदको भनाइ, अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको प्रतिक्रिया। (तालिबानको धारणा सार्वजनिक)
५) र, माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने, फुटबलमा पाँच देशले सहभागिता जनाउने। (साफ च्याम्पियनसिप पाँच देशले खेल्ने)