१) मन्त्रिपरिषद् बैठकद्वारा २० प्रतिशतले दल विभाजन गर्नसक्ने अध्यादेश सिफारिस, अध्यादेश ल्याउने सरकारको निर्णयलाई एमाले अध्यक्ष ओलीले दिए निकृष्टताको संज्ञा, रद्द गर्न माग। (सरकारद्वारा दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस)
२) एवरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने एमालेको निर्णय, नेपालको घोषणा : पार्टी पुनर्गठन गरिनेछ, संगठन विस्तार गर्न लाग्नुहोस्। (माधव नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन)
३) केन्द्रीय कमिटी अद्यावधिक गर्दै एमालेले निर्वाचन आयोगमा बुझायो विवरण, २६० केन्द्रीय सदस्यले मान्यता पाउनुपर्ने दाबी, ९० नम्बरमा दर्ता रहेको पार्टीले डाँडामाथिको घाम चिह्न पाएकोप्रति आपत्ति। (एमालेले निर्वाचन आयोगमा बुझायो विवरण)
४) तालिबानद्वारा सरकारी कर्मचारीलाई 'आममाफी', काममा फर्कन आग्रह, भीडभाड बढेसँगै बन्द काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो, सोमबारको तुलनामा मंगलबार विमानस्थल शान्त। (तालिबानद्वारा सरकारी कर्मचारीलाई 'आममाफी')
५) र, युएई र ओमानले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, खेल अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुने। (टी-२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक)