१) अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई सरकारको निर्देशन, अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुख सापकोटाको रुलिङ। (सरकारलाई सभामुख सापकोटाको रुलिङ)
२) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य, संसद् अन्त्यपछि एमालेका प्रमुख सचेतक भट्टराईको प्रतिक्रिया- सरकार आफैं नांगिन थाल्यो। (संसद्को चालु अधिवेशन अन्त्य)
३) नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य, सरकारले बीचमै हटाउन नसक्ने जिकिर। (कुलमानविरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव)
४) अफगानिस्तान छाडेर जान चाहनेको विमानस्थलमा भीड, विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु, अमेरिका जान भिसा चाहिने अफगान शरणार्थीलाई अल्बानिया र कोसोभोले अस्थायी शरण दिने। (अफगानिस्तान छाडेर जान चाहनेको विमानस्थलमा भीड)
५) र, नेपालले ओमानसँग आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ खेल्नुअघि पपुवा न्यूगिनीसँग एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने, प्रतियोगिताका लागि नेपालद्वारा बन्द प्रशिक्षण सुरु। (नेपालले ओमानसँग एकदिवसीय सिरिज खेल्ने)