१) ओली नेतृत्वको निवर्तमान सरकारको पालामा मुलुकको सार्वजनिक ऋण २५० प्रतिशतले बढेको श्वेतपत्रमार्फत् अर्थमन्त्री जनार्दन शर्माको दाबी, कोरोनाबाट थलिएका क्षेत्रलाई प्राथमिकता दिने आश्वासन (श्वेतपत्र सार्वजनिक)
२) एमसीसीका विषयमा के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी ओलीको प्रश्न, संसद् छलेर साझा कार्यक्रम ल्याएकोप्रति आपत्ति (संसद्मा ओली)
३) कोरोना महामारीको तेस्रो लहरलाई ध्यानमा राखेर सरकारका नाममा आठ विषयमा सर्वोच्चद्वारा परमादेश जारी, बिहीबारदेखि काठमाडौं उपत्यकामा ७ बजेपछि सवारी साधन चलाउन नपाइने (कोरोनाको जोखिम कायमै)
४) अफगानिस्तानमा बालबालिकामाथि हिंसा बढिरहेको र त्यसले गर्दा उनीहरु तनावमा परेको युनिसेफको भनाइ, जारी युद्धका पछिल्ला तीन दिनमा २७ बालबालिका मारिए र १३६ घाइते (युद्धको मारमा अफगानी बालबालिका)
५) र, बार्सिलोना छाडेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पीएसजी जाने लगभग तय, पीएसजीले मेसीलाई आबद्ध गर्न सबै सहमति गरिसकेको फ्रान्सको चर्चित स्पोर्टस् न्यूज पोर्टल लेक्विपको दाबी (पीएसजी जाँदै मेस्सी)