काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) जनताको भावना अनुसार संशोधनसहित एमसीसी पास हुनुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ, सरकारको न्यूनतम कार्यक्रम एमालेविरुद्ध गालीगलौजको पुलिन्दा भएको आरोप, सिँगौरी खेल्न आए सिङ भाचिने चेतावनी । ( ओलीको चेतावनी )
२) निर्वाचन आयोगमा उपेन्द्र यादव पक्षको विवरण अध्यावधिक, महन्थ ठाकुरपक्ष रहेनन्, जसपा एकीकरण बदर माग गरेको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार । ( उपेन्द्र यादव पक्षको विवरण अध्यावधिक )
३) शुक्रराज अस्पतालमा विदेश जानका लागि कोरोनाविरुद्धको खोप लगाएको कार्ड प्रमाणीकरण गर्नेको भीड उस्तै, सबैलाई पायक पर्ने भएकाले भीड कम नभएको अस्पतालको तर्क । ( खोप कार्ड प्रमाणीकरण गर्नेको भीड उस्तै )
४) अफगानिस्तानमा निम्रोज राजधानी जरान्जमाथिको कब्जापछि ४ प्रान्तीय राजधानीमा तालिबानको कब्जा, एकैदिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु, १६१ जना घाइते । ( अफगानिस्तानको ४ प्रान्तीय राजधानीमा तालिबानको कब्जा )
५) र, साफ च्याम्पियनसिप फुटबलको १३औं संस्करण माल्दिभ्समा आयोजना हुने पक्का, नेपालले दाबी प्रस्तुत गरे पनि माल्दिभ्समा ६० प्रतिशत बढीले खोप लगाइसकेकाले सुरक्षित रहेको उल्लेख । ( १३औं संस्करणको साफ माल्दिभ्समा हुने )