१) सरकारको न्यूनतम साझा कार्यक्रम : प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम अधिकार सम्पन्न बनाइने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने, चैतसम्म सबैलाई कोरोना खोप दिइने। (सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक)
२) आफैंले नेतृत्व गरेको सर्वोच्च अदालतलाई प्रधानन्यायाधीश राणाद्वारा लिखित जवाफ पेस, ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेका सिफारिसलाई गैरसंवैधानिक भन्न नमिल्ने दाबी। (प्रधानन्यायाधीश राणाद्वारा लिखित जवाफ पेस)
३) स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले तिरेन कर, व्यवसायी अजयराज सुमार्गीको नाम पनि सार्वजनिक सूचीमा, कर तिर्न ३० दिनको अल्टिमेटम। (स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पतालले तिरेन कर)
४) अफगानिस्तानका पूर्वउपराष्ट्रपति डोस्टमको पकड रहेको सेबर्घान सहर तालिबानको नियन्त्रणमा, सेना अझै पनि सोही सहरमा रहेको र छिट्टै आफ्नो नियन्त्रणमा ल्याउने सरकारको दाबी। (अफगानिस्तानको सेबर्घान सहर तालिबानको नियन्त्रणमा)
५) र, पूर्वकप्तान पारस खड्काको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने नेपाल क्रिकेट संघको भनाइ, खड्काको सम्मानमा अब नेपाली क्रिकेटरले ७७ नम्बरको जर्सी नलगाउने। (पारसको सम्मानमा ७७ नम्बरको जर्सी नलगाउने)