काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित, ३१ साउनबाट सुरु हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा स्थगित, परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना निकालिने । ( एसईईको नतिजा प्रकाशित )
२) पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु, तीन हजार २१८ जनामा संक्रमण पुष्टि, १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त । ( कोरोना संक्रमणबाट १९ जनाको मृत्य )
३) सर्वसाधारणलाई सहज हुनेगरी खोप केन्द्रको भीड व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह, कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि एस्ट्राजेनेका खोप दिइने । ( भीड व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह )
४) सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै अमेरिका र यूकेद्वारा तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकलाई आग्रह, तत्काल हवाई टिकट खरिद गर्न नसक्ने नागरिकलाई ऋण उपलब्ध गराउने । ( अमेरिका र यूकेको आफ्ना नागरिकलाई आग्रह )
५) र, अर्जेन्टाइन फर्वार्ड मेसीको भविष्यका बारेमा विकसित घटनाक्रम अपेक्षा गरिएको भन्दा द्रुत, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जानेबारे कुरा मिल्यो, औपचारिक घोषणा हुन बाँकी । ( मेसी पीएसजी जानेबारे कुरा मिल्यो )