१) लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमण निरन्तर बढ्दो, पछिल्लो २४ घन्टामा चार हजार भन्दा बढीमा कोरोना संक्रमण, सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु (संक्रमण फेरि बढ्यो)
२) लुम्बिनी प्रदेश सांसद विमला खत्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको माओवादी केन्द्रको आरोप, साउन १५ गतेदेखि बन्धक उनी २० गते मात्रै सम्पर्कमा आएको दाबी (सांसद बन्धक बनाइएको आरोप)
३) दार्चुला घटनाका सन्दर्भमा भारतले नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने नारायणकाजी श्रेष्ठको धारणा, सरकारले भारतकै पक्षपोषण गर्न खोजेको सांसद कविताको बोगटीको आरोप (भारतले माफी माग्नुपर्ने)
४) अफगानी विदेशमन्त्रीद्वारा गृहयुद्धबारे समिक्षा गर्न राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गर्न आग्रह, भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरेर शान्ति प्रक्रियामा सघाउन अपिल (शान्ति खोज्दै अफगानस्थान)
५) र, क्रिकेटर पारस खड्काद्वारा लाइन मिले आफू राजनीतिमा पनि आउन सक्ने भनाइ, क्रिकेट संघमा बसेर गर्न सकिने कामबारे बुझेकाले व्यवस्थापनतिर जान खोजेको स्पष्टोक्ति (खेलाडिको राजनीतिमा रुचि)