१) प्रधानमन्त्री शेरबहादुर देउवाले दिए नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन, प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री पम्फा भुसालद्वारा हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन दबाब (कुलमान फर्किंदै)
२) लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाको नेतृत्वको विपक्षी दलका सांसदद्वारा विशेष अधिवेशन समेत बोलाउन माग (लुम्बिनीमा अविश्वास)
३) काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याइयो, जारी निषेधाज्ञा पालना नगरे तथा स्वास्थ्य मापदण्ड उलंघन गरे कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयको चेतावनी (लम्बियो निषेधाज्ञा)
४) अमेरिकी सरकारले दियो २४ रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश, प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकाले त्यसअघि नै अमेरिका छाड्न सूचित, उनीहरुको स्थानमा अन्य कुटनीतिज्ञ पनि नआउने (रुसी कुटनीतिज्ञलाई अमेरिका छाड्न आदेश)
५) र, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका रहेको र आगामी दिनमा पनि रहने उनको प्रतिबद्धता (पारसद्वारा सन्यास)